हजुरबुबा–हजुरआमा पुस्ता र नाति–नातिनी पुस्तालाई जोड्दै मोडर्न

Published on: February 3, 2024

इटहरी : इटहरीमा रहेको मोडर्न प्रिपेरोटोरी माध्यमिक विद्यालयमा हजुरबुबा-हजुरआमाका लागि पूर्व प्राथमिक तहका बालबालिकाहरूले आ-आफ्नो प्रस्तुति देखाएका छन् ।

शुक्रवार हजुरबुबा-हजुरआमा विशेष कार्यक्रम ग्रेण्ड प्यारेन्ट्स डे-२०८० मा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्ना हजुरबा–हजुरामाका अगाडि प्रस्तुति देखाएका हुन् ।

प्राध्यापक डाक्टर टङ्क न्यौपानेको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यार्थीका हजुरबुबा हजुरआमाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

आफू बालबालिका र ज्येष्ठ नागरिक केन्द्रित यस्तो कार्यक्रममा पहिलो पटक सहभागी भएको बताउँदै प्रा.डा न्यौपानेले कार्यक्रम देखेर आफू खुसी भएको बताए । हजुरबुबा-हजुरआमा पुस्ता र नाति-नातिनी पुस्ता बिचको निकटताले बालबालिकामा अत्यन्तै सकारात्मक प्रभाव पर्ने उनको भनाई छ ।

राष्ट्रका लागि महत्त्वपूर्ण योगदान दिने नागरिकको निर्माणको कार्यको प्रारम्भ घरपरिवारबाटै हुने प्रा.डा.न्यौपाने बताउँछन् । उनले भने, हजुरबुबा-हजुरआमासंगको सामिप्यता पाएका साना बालबालिकाले माया प्रेम, आफ्नो पुर्खाको विरासत र संस्कार पाउँछन् । जसले गर्दा उनीहरूको वृत्ति विकास विकासमा सकारात्मक सहयोग पुग्छ ।

 

हजुरबुबा -हजुरआमा पुस्ताले दिएका ज्ञानमा उनीहरूको जीवनको इतिहास लुकेको हुन्छ । बच्चाहरूको उचित विकासको लागि हजुरबा–हजुरआमाको साथ महत्त्वपूर्ण हुन्छ ।

बालबालिकालाई सम्हाल्ने सवालमा बाबुआमा पुस्ताभन्दा पनि हजुरबा-हजुरआमा पुस्ता परिपक्व हुने उनको भनाई छ । उनले भने, ज्येष्ठ नागरिक पुस्ता बाल मनोविज्ञान सहजै बुझ्न सक्छन् । Read full article here